|

अर्घाखाँची : नेपाल सरकार कृषि तथा पशुपन्छी विकास  मन्त्री चक्रमणी खनाल बलदेबले सरकारको समिक्षा गर्ने बेला नआएको बताएका छन्। शुक्रबार अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको चौथो अर्घाखाँची महोत्सबको उद्घाटन गदै खनालले यो सरकारले क्षणिक विकास नभई जग बसाउने गरि विकास गर्ने योजनामा रहेको बताए।

निर्वाचनको समयमा गरिएका बाचा पूरा गर्ने बताउँदै बृद्धबृद्धाहरुको भक्ता सरकारले दोब्बर बनाउने स्पष्ट पारे। नेपालमा पानी जहान र रेलको कुरा सपना नभई बर्तमान सरकारले ५ वर्षमा पूरा गर्ने बताए। 

गुल्मीमा रहेको कफिजोनलाई सुपरजोनमा परिणत गरी ५ जिल्लामा कफी उत्पादनमा सुधार ल्याउने गरी योजना राखिएको बताए। अर्घाखाँची जिल्ला मासु दूध उत्पादन आत्म निर्भर रहेको बताउँदै खनालले बुटवलमा बिक्री केन्द्र बनाउने योजना रहेको बताए।

कार्यक्रममा मन्तब्य राख्दै पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधिसभाका सदस्य टोप बहादुर रायमाझीले जिल्लाको विकासमा सबै एकजुट भई लाग्नुपर्ने बताउदै अर्घाखाँची सहमतिको जिल्ला भएको बताए। निर्माणधीन विमानस्थलले १/२ वर्षमा पूर्णता पाउने बताउँदै जिल्लाको विकासको लागि आफूले मेघा पोजेट ल्याइरहेको बताए।

कार्यक्रममा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का उज्जबल प्रदेशसभा सदस्य चेतनारायण आचार्य रामजी घिमिरे निर्मला क्षेत्री ,जालपा भुसाल,जिल्ला स्थित राजनितिक दलका प्रमुख सरोकारवाला निकायले कार्यक्रम सफलताको शुभकामना दिएका थिए।

कार्यक्रम महोत्सब मूल समितिका संयोजक तथा उद्योग बाणिज्य महासंघका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षता वरिष्ट उपाध्यक्ष नेत्र प्रसाद भुसालको सञ्चालन उपाध्यक्ष जीवनारायण खनालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रमा स्थानीय तहका जनप्रतिनिधि को सहभागीता रहेको थियो कार्यक्रमा विभिन्न जातजातिले  आफ्नो पहिचान झल्कने गरी नृत्य प्रस्तुत गरेका थिए। महोत्सब माघ ८ गतेसम्म चल्ने आयोजकले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.