|

भारतका विवादास्पद एक जना शक्तिशाली धर्मगुरुले पत्रकारको हत्या गरेको अदालतले ठहर गरेको छ। आफ्नो यौनहिंसाका बारेमा समाचार लेखिदिएकोले गुरमित रामरहिम सिंहले पत्रकारको हत्या गरेको अदालतले शुक्रबार ठहर गरेको हो।

संसारभरी लाखौँ समर्थक रहेका सिंहलाई अदालतले बलात्कार गरेको अभियोगमा यसअघि नै २० वर्षको जेल सजाय सुनाइसकेको छ। अदालतले शुक्रबार गरेको फैसलाअनुसार पत्रकारको हत्यामा ५१ वर्षीय सिंहसँगै अरू तीन जना सहयोगी पनि संलग्न रहेको ठहर गरिएको छ।

उनीहरूले सन् २००२ मा स्थानीय पत्रिकामा कार्यरत रामचन्दर छत्रपाटीलाई हत्या गरेको अदालतले ठहर गरेको हो। सिंहले बलात्कार गरेको विषयमा अज्ञात व्यक्तिले लेखेको पत्र स्थानीय पत्रिकामा छापिएपछि छत्रपाटीको आफ्नै घरबाहिर हत्या भएको थियो।

सिंहलाई आजीवन काराबाससम्मको सजाय हुन सक्ने बताइएको छ। यसअघि सन् २०१७ मा भएको बलात्कारसम्वन्धी फैसलापछि उहाँका समर्थकहरू विरोधमा उत्रिँदा भएका झडपमा परी झण्डै ४० जना घाइते भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.