छापा

हवाइ भाडा ९० देखि ४४० रुपैयाँसम्म घट्यो
SHARES

पुस २८, २०७५

    काठमाडौं : नेपाली वायुसेवा कम्पनीहरूले आइतबारदेखि लागू हुनेगरी आन्तरिक हवाइ रुटमा ४४० रुपैयाँसम्म हवाइ भाडा घटाएका छन्। 

    कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार आयल निगमले बिहीबार मध्य रातदेखि लागू हुनेगरी एअर टर्बाइन फ्युल(हवाइ इन्धन) को मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटाएपछि एअरलाइन्सहरूको एक मात्र संगठन वायुसेवा सञ्चालक संघले आइतबारदेखि लागु हुनेगरी हवाइ भाडामा लिइने फ्युल सरचार्जमा कम्तीमा ४० रुपैयाँदेखि ४४० रुपैयाँसम्म घटाउने निर्णय गरेको हो।

    संघका प्रवक्ता घनश्याम आचार्यका अनुसार सबैभन्दा धेरै धनगढी–काठमाडौं रुटको एकतर्फी भाडामा ४४० रुपैयाँसम्म फ्युल सरचार्ज घटाइएको छ। काठमाडौंबाट सिधा उडान हुने सुगम रुटहरूमा सबैभन्दा धेरै घटेको भाडादर यही हो। सबैभन्दा कम काठमाडौंदेखि सिमरा रुटमा ९० रुपैयाँ घटेको छ।

    काठमाडौंदेखि सुरु हुने पर्यटकीय रुटमा उडानमा ३४५, तुम्लिङटारमा १८५, भद्रपुरमा ३००, विराटनगरमा २४०, जनकपुरमा १३०, सिमरामा ९०, भरतपुरमा ११० रुपैयाँ घटाइएको छ। पोखरामा १५५, भैरहवामा २०५, धनगढीमा ४४० र नेपालगञ्जमा ३२५ रुपैयाँ घटाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]