|

ओखलढुङ्गा : ग्रामीण भेगमा उत्पादित परम्परागत घरेलु सामग्रीहरु लोप हुन हुँदै गएका छन्। प्लाष्टिकजन्य सामग्रीको बढ्दो प्रयोगका कारण यस्ता समग्रीहरु लोप हुन थालेका हुन्।

कपाल कोर्न प्रयोग गर्न प्रयोग गरिने बाँसको काइँयो पछिल्लो समय हत्तपत्त देख्न पनि छाडिएको छ। बाँसको काइँयो सदरमुकाम नजिकै रहेका ढुस्के, डाँडागाउँ, डाँडाखर्क लगायतका गाउँमा एक दशकअघि बनाइए पनि पछिल्लो समय बनाउन छाडिएको छ। एक दशकअघिसम्म यहाँ उत्पादित बाँसको काइँयो सोलुखुम्बु, रामेछाप, सिन्धुली  र उदयपुर जिल्लामा समेत निर्यात हुने गरेको स्थानीयको भनाइ छ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका–३ जिुलीकेटकी शारदा दाहालले केही वर्षअघिसम्म ओखलढुङ्गाको काइँयो आफ्नो गाउँमा पाइने गरे पनि पछिल्लो समय पाउन छाडेको बताइन्। पूर्वको प्रसिद्ध धार्मिक स्थल  हलेसी जाने कोही भयो भने ओखलढुङ्गाकोे काइँयो ल्याइदिनु भन्ने चलन रहेको उनले स्मरण गरिन्। 

दैनिक रुपमा प्रयोग हुन छाडेपछि पछिल्लो पुस्ताका युवायुवतीले बाँसको काइँयो पनि हुन्छ र! भनी आश्चर्य प्रकट गर्न थालेका छन्। पहिले जताततै पाइने बाँसको काइँयो अहिले खोज्दा पनि नपाइने सिद्धिचरण नगरपालिका–९ की व्यवसायी विष्णुकुमारी श्रेष्ठले बताइन्।

बाँसको काइँयो प्रतिगोटा १०० रुपैयाँ पर्छ। यस्तो काइँयो अहिले खोटाङको हलेसीमा मात्रै बनाइन्छ। हलेसीमा पनि एकजनाले मात्रै बनाउने गरेको र त्यहीँबाट झिकाएर बेच्दै आएको व्यवसायी श्रेष्ठको बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.