|

बैतडी : वर्षौदेखिको पहिरोले डिलाशैनी गाउँपालिका–६ सौनगाउँ दलित बस्ती जोखिममा परेको छ। २०३९ सालदेखि सुरु भएको पहिरो वर्सेनि अहिलेसम्म नरोकिएपछि दलित बस्ती चपेटामा परेको हो।

सौनगाउँमा वर्षाका साथै हिउँद याममा पनि सुक्खा पहिरो खस्ने गरेको स्थानीय शिवराम लुहारले बताए। वर्षातको समयमा पहिरो खस्ने र हिउँदमा समेत जमिनमा चिरा परेर पहिरो खस्ने गरेको छ। यस गाउँका ४७ घरपरिवार पहिरोको उच्च जोखिममा रहेको छ।

पहिरोले आफूहरुसँग भएको सबै बगाइसकेपछि अब घर बनाउने जमिन समेत बाँकी नरहेको स्थानीय गोजे लुहारले दुखेसो पोखे। आफ्नो पीडाबारे वडा, स्थानीय र प्रदेश सरकारलाई समेत जानकारी गराइसकेको भएपनि सुनुवाई नभएको उनीहरुको गुनासो रहेको छ। पहिरोका कारण बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था रहेकोे स्थानीयको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.