|

काठमाडौं : नेपाली क्रिकेटर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग बीपीएल क्रिकेटमा आज आफ्नो तेस्रो खेल खेल्दैछन्। सन्दीपको टिम सिलेट सिक्सर्स र ढाका डायनामिकबीचको खेल नेपाली समयअनुसार साँझ सवा ६ बजे ढाकामा सुरु हुनेछ। 

डेब्यू खेलमै २ विकेट लिएका सन्दीपले दोस्रो खेलमा भने किफायती बलिङ गरे पनि विकेट लिन सकेनन्। सन्दीपको टिमले अहिलेसम्म खेलेका दुईमध्ये एक खेल मात्रै जितेको छ भने दुवै खेल जितेको ढाका डायनामिक ४ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.