|

लहान : सिरहास्थित सशस्त्र प्रहरीले अवैध सुनसहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाले शनिबार पत्रकार सम्मेलनमार्फत् पक्राउ गरिएको पौने दुई केजी अवैध सुनसहित तीन जनालाई सार्वजनिक गरेको हो।

सशस्त्र प्रहरीले पक्राउ गरेकाहरूमा सिरहाको लहान नगरपालिका १९ छर्रापट्टीका ३५ वर्षीय अमिरुल खान, ४० वर्षीय मो. कयुम र मो. रियाज राइन छन्। पूर्व-पश्चिम राजमार्गअन्तर्गत गोलबजार र मिर्चैया नगरपालिकाको सीमामा पर्ने घुर्मी खोलाबाट विशेष सूचनाको आधारमा प्रहरीले शनिबार बिहान २ बजेतिर घुर्मी खोलाबाट तीन जनालाई पक्राउ गरिएको हो।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक सोमबहादुर गुरुङको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले अवैध सुनसहित तीन जनालाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। पक्राउ गएिका कयुम र अमिरुलको साथबाट ५०/५० ग्रामको दुई थान बाला तथा रियाजको साथबाट बाँकी सुन बरामद भएको जनाइएको छ। 

प्रहरी उपरीक्षक गुरुङका अनुसार पक्राउ गरिएका तीन जनासहित उनीहरू चढेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कर्पियो र पौने दुई केजी सुन थप अनुसन्धान र कारबाहीका लागि शनिबार नै सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान विभाग पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.