|

इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोना आएका ब्राजिलियन स्टार फिलिप काउटिन्होले बार्सिलोना छोड्ने मनस्थितिमा पुगेका छन्। पछिल्लो समय बार्सिलोनाको पहिलो रोजाइमा पर्न असफल हुँदै आएपछि कोउटिन्हो बार्सिलोनाा असन्तुष्ट रहेको समाचार सार्वजानिक भएको थियो।

कोउटिन्होले यस सिजन जम्मा ९ खेल सुरुवात गर्दै ४ गोल मात्र गर्न सफल भएको छ। बार्सिलोनामा कीर्तिमानी मूल्यमा कोउटिन्हो लिभरपुलबाट स्थानतरण भएको छ। बार्सिलोनाबाट कोउटिन्हो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड जाने सम्भावना रहेको इंग्लिस संचार माध्यामहरूले जनाएका छन्। उनलाई बार्सिलोनाले सन् २०१८ को जनवरीमा १ सय ४३ मिलियन पाउण्डमा खरिद गरेको थियो।

बार्सिलोनाले पनि पछिल्लो समय पूर्वखेलाडी नेमारलाई भित्र्याउने आन्तरिक तयारी गरिरहेको समाचार आएका छन्। त्यसका लागि चाहिने रकम कोउटिन्होको ट्रान्सफरबाट उठाउने क्लबले लक्ष्य राखेको छ। नेयमार सन् २०१७ को ट्रान्सफर विन्डोमा झन्डै २ सय मिलियन पाउण्डमा पेरिस सेन्ट जर्मेन (पीएसजी) तर्फ लागेका थिए। पछिल्लो समय नेमार पिएसजीबाट पुनः बार्सिलोनामै फर्कने प्रयासमा लागेको जनाइएको छ।

यद्यपि पिएसजीले नेयमारलाई सन् २०२२ सम्म सम्झौतामा बाँधेको छ भने कोउटिन्हो पनि २०२३ सम्म बार्सिलोनाकै अनुबन्धनमा रहेकाले क्लबहरूले रिलिज गरेमात्र उनीहरूको चाहना पूरा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.