काठमाडौं : पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारी अस्पताल भर्ना भएका छन्।
छातीमा सङ्क्रमण देखिएपछि ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा गत सोमबार भर्ना गरिएको उनका स्वकीय सचिव महेन्द्र विष्टले जानकारी दिए।
चिसोले गर्दा अधिकारीको छातीमा सङ्क्रमण भएको उनले बताए। पूर्व अर्थमन्त्रीसमेत रहनुभएका अधिकारीलाई शुक्रबारदेखि स्वास्थ्यमा सुधार आएपछि सामान्य बेडमा सारिएको छ।
८३ वर्षीय अधिकारीलाई विगत एक वर्षदेखि स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी अस्पतालमा पटकपटक उपचार भइरहेको छ। उनको उपचारमा डा राजेन्द्र रिजालको समूहले स्वास्थ्य उपचार गरिरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।