काठमाडौंः प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
प्रधानसेनापति थापालाई आज नयाँदिल्ली स्थित भारतको राष्ट्रपति भवनमा आयोजित एक बिशेष समारोह बीच दर्ज्यानी चिन्ह प्रदान गरी सम्मान गरिएको हो। नेपाल र भारत बीच एक देशका सेना प्रमुखलाई अर्को देशको सेनाको मानार्थ महारथी आदानप्रदान गर्ने प्रचलन छ। प्रधानसेनापति थापा हाल छिमेकी राष्ट्र भारतको औपचारिक भ्रमणमा हुनुहुन्छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।