|

काठमाडौं: आभा काव्य लहरको तेस्रो श्रृंखला शनिबार सम्पन्न भएको छ। सर्वनाम नाटक घरमा भएको कार्यक्रममा चार स्रष्टाले कविता वाचन गरेका थिए। कविहरू डा.देवी नेपाल, दार्जीलिङबाट आएका मनोज बोगटी, कैलालीका विपी अस्तु र सुरज पराजुलीले आफ्ना कविता वाचन गरेका थिए।

कवि डा. नेपालले छन्दबद्ध पाँच कविता सुनाए। पहीलो चरणमा 'युवा', 'परिवर्तन' र 'छोरीलाई आव्हान' शीर्षकका तीनवटा कविता वाचन गरे। उनले साहित्य कलामा युवाको उपस्थिति लोभलाग्दो रहेको धारणा व्यक्त गरे। नेपाल साहित्यको स्तरोन्नतिमा युवाको उपस्थितिले ठूलो भूमिका खेल्ने बताए। दोस्रो चरणमा उनले 'सुन्दर प्रकृति भव्य संस्कृति' र 'मित्रलाई सन्देश' शीर्षकका कविता वाचन गरेका थिए।

'पठन संस्कृतिको विकास सिर्जनाशीलताको अभ्यास' मूल नारा रहेको उक्त कार्यक्रममा कविता कहिल्यै पुरानो नहुँदै भन्दै कवि बोगटीले डराउँछ अमेरिका, ईश्वर, माकुरा र भोक शीर्षकको तीन कविता वाचन गरे। दोस्रो चरणका उनले दिदी र  मलाई पनि तिम्रो सम्झना आउँछ भन्ने शीर्षकका दुई कविता वाचन गरे। युवापुस्ताको नेतृत्वमा हुने यस्ता कार्यक्रमले पुराना पुस्ताले धेरै कुरा सिक्न पाउने समेत बताए। यस्तै कवि अस्तुले आफू  साहित्यको विद्यार्थी भएको बताए।

आफूलाई कविता वाचन गर्नका लागि निमन्त्रणा गर्ने आयोजक प्रति धन्यवाद  पहिलो चरणमा बिन्दु, नागरिक शिविरमा मागुलाल र समृद्धि शीर्षकका तीन कविता वाचन गरे। दोस्रो चरणमा उनले नखस्नु र हामी त पिरती लाउँथ्यौ शीर्षकका दुई कविता वाचन गरे।

चौथो कविका रूपमा आएका कवि पराजुलीले 'महेश्वाका पान', 'आव्हान' र तरकारी शीर्षकका कविता वाचन गरे। दोस्रो चरणमा उनले 'मुसहरबस्ती' र 'चुपलाग' शीर्षकका कविता वाचन गरेका थिए। कलाका विभिन्न पाटो साहित्य, चित्रकला, प्रफमेन्स आर्ट, संगीत तथा समाज सेवामा काम गरिरहेको 'आभा फर क्रिएटिभिटी' ले ‘आभा काव्य लहर’ शीर्षकको शृंखला असारदेखि सुरु गरेको हो।

कार्यक्रम हरेक तीन-तीन महिनामा आयोजना हुने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.