|

कालिकोट : कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले नकारात्मक सोचले विकासले विकास नहुने बताएका छन्। मन्त्री भण्डारीले कालिकोटको रास्कोट नगरपालिकामा सामुदायिक अस्पताल बनाउन पहलका लागि अभियान उद्घाटनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।

देशको विकासका लागि सबै नागरिक एक हुनुपर्ने र ‘नकारात्मक सोचले देशको विकास नहुने मन्त्री भण्डारीले बताए। ‘खुट्टा तान्ने प्रवृतिले देशको विकास हुँदैन।’ उनले भने, ‘देश विकासका लागि सबै एक भएर लाग्नुपर्छ।’ कर्णालीमा अहिले बिरामीको उपचारका लागि डोको र आकाशमा जहाज कुर्ने पर्ने बाध्यता रहेको त्यसको अन्त्य गर्न प्रदेश सरकार लागेको मन्त्री भण्डारीले बताए। ‘अहिले कर्णाली प्रदेशमा बिरामीको उपचारका लागि डोको र जहाज कुनुपर्ने बाध्यता रहेको छ।’ उनले भने,‘त्यसको अन्त्यका लागि प्रदेश सरकार लाग्नेछ।’

अस्पताल बनाउन एक करोड संकलन    

अस्पतालका लागि एक करोड रुपैयाँ संकलन भइसकेको अस्पताल निर्माणका अभियन्ता डा.मुकुद ढकालले बताए। ‘अहिले हामीले एक करोड रुपैयाँ अस्पताल बनाउनका लागि जम्मा गरिसकेको छौं’ उनले भने,‘अस्पताल बनाउनका नगरपालिकाका सहयोग गरेको छ।’ अस्पताल संचालनका लागि अबका दिन रबि लामिछानेको भएको सबै जिम्मा लिएको डा.ढकालले बताए। ‘यो अस्पताल बनाउनका लागि अब पत्रकार रबि लामिछाने लिनुहुन्छ।’ उनले भने,‘वहाँमार्फत अब सबै काम हुनेछन्।’

रास्कोट सामुदायिक अस्पताल बनाउँछौंः लामिछाने

रास्कोट सामुदायिक अस्पताललाई नमुना डिजिटल अस्पताल रुपमा विकास गरिने रवि लामिछाने बताएका छन्। लामिछानेले अस्पताल बनाउनका लागि कुनैं पार्टीको झण्डा नबोक्न आग्रह गरे। ‘कुनै पार्टीको झण्डा नबोक्न सबैलाई आग्रह गर्छु।’ उनले भने,‘पार्टीको झण्डा बोकेर राजनीति नगर्न सबैलाई आग्रह गर्दछु।’ तीन तहका सरकार एक, हामी एक भएर लाग्यौं भने सोचेभन्दा चाँडै अस्पताल बन्ने लामिछानेले बताए। ‘तीन तहका सरकार एक, हामी एक हिस्सा सहयोग गर्न तयार छौं।’ उनले भने, ‘त्यसो भएमा चाँडै अस्पताल बनाउन सक्छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.