|

अमेरिकाकी पहिली हिन्दु सांसद तुलसी गेबार्डले २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने बताएकी छन्। उनले सिएनएनको एक कार्यक्रमका क्रममा उक्त कुरा बताएकी हुन्। यद्यपि उनले उक्त विषयकव औपचारिक मात्रै घोषणा गरिसकेकी छैनन्।

अमेरिकी सिनेटमा हवाइ राज्यबाट प्रतिनिधित्व गरिरहेकी डेमोक्रेट सांसद तुलसीले सिएनएनको अन्तर्वार्ताका क्रममा भनिन्, 'मैले २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दिने निधो गरेकी छु। सो विषयका बारेमा मैले अर्को हप्ता आधिकारिक घोषणा गर्नेछु।'

उनी २०२० हुँदै गरेको राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दिँदैछिन् भन्ने पहिलेदेखि नै अनुमान गरिएको थियो। यसका बारेमा यसअघि नै उनले संकेत पनि गरेकी थिइन्। तर सिएनएनसँगको अन्तर्वार्तापछि उनी २०२० मा हुने राष्ट्रपतिको चुनावी मैदानमा उत्रिँदै छन् भन्न स्पष्ट भएको छ।

यदि उनी निर्वाचनमा जितिन भने कयौँ इतिहास रच्ने पक्का छ। किनकि उनी अमेरिकाको इतिहासमै पहिलो महिला राष्ट्रपति हुने छिन्। अझ रोचकको कुरा त के भने उनी अमेरिकी इतिहासमै पहिलो हिन्दु राष्ट्रपति पनि हुने छन्। यसका साथै उनी सबैभन्दा युवा राष्ट्रपतिको उपाधि पनि आफ्नो पोल्टोमा पार्नेछिन्।

उनले आफ्नो निर्वाचनका प्रमुख मुद्दा हेल्थ केयर एसेस, अपराधिक न्यायमा सुधार, जलवायु परिवर्तनलाई रेखांकित गर्ने रहेका बताइन्। उनले भनिन्, 'मेरो लागि निर्वाचनमा भाग लिनुका धेरै कारण छन्। अमेरिकीहरूका सामु कयौँ चुनौतीहरू छन्, जसका लागि म निकै चिन्तित छु र मैले ती समस्याको समाधानका लागि मद्दत गर्न चाहन्छु।' आफ्नो प्रमुख मुद्दा युद्ध र शान्तिको मुद्दा रहेको भन्दै यसका बारेमा आफूले गहिराइमा पुगेर सोच्ने गर्ने बताइन्।

को हुन् तुलसी ?

तुलसी २०१३ मा अमेरिकाको हवाइ राज्यको हाउस अफ रिप्रेजेन्टेटिब्समा डेमोक्रेट सांसद थिइन्। ३७ वर्षीया तुलसी त्यसपछि हवाइ राज्यमा लगातार चार पटकसम्म डेमोक्रेटको सांसद बनिन्। उनले हरेक पटकको निर्वाचनमा सर्वाधिक मत ल्याएर रेकर्ड राख्दै आएकी छन्। उनी अमेरकी संसद स्थान बनाउने पहिली हिन्दु सांसद पनि हुन्। राजनीतिमा आउनुभन्दा अगाडि उनी अमेरिकी सेनाका तर्फबाट १२ महिनासम्म इराकमा काम गरिन्।

तुलसी अमेरिकन हिन्दु हुन् र उनीले अमेरिकाकै इतिहासमा पहिलोपटक श्रीमदभागवत गीता छोएर सांसद पदको सपथग्रहण गरेकी थिइन्। उनको जन्म क्याथोलिक परिवारमा भएको थियो र पछि धर्म परिवर्तन गरेर हिन्दु धर्म मान्दै आएकी छन्। उनी अमेरिकी हिन्दु समुदायमा निकै लोकप्रिय छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.