|

उदयपुर : उदयपुरको कटारी नगरपालिकामा मेडिकल कलेज स्थापना गर्न माग गरिएको छ। ग्रामीण क्षेत्रमा पनि सरकारी मेडिकल कलेज स्थापना गर्नु माग उठेको बेला उदयपुरको कटारी नगरपालिकाले कटारी क्षेत्रमा मेडिकल कलेज स्थापना गर्न माग गर्ने निर्णय गरेको गरेको हो।

कटारी नगरपालिकाको शनिबार सम्पन्न तेस्रो नगरसभाले कटारी क्षेत्रमा मेडिकल कलेज स्थापना गर्नेको लागि चिकित्सा अध्ययन संस्थान र स्वास्थ्य मन्त्रालयसँग माग गर्ने निर्णय गरेको हो। सरकारले कटारीमा मेडिकल कलेज खोल्ने निर्णय गरे आवश्यक जग्गा कटारी नगरपालिकाले व्यवस्थापन गर्ने निर्णय भएको कटारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए। ‘नगरसभाले कटारीमा एउटा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेको छ,’ प्रमुख श्रेष्ठले भने, ‘उदयपुरको उच्च अदालतको अस्थायी ईजलास ओखलढुङ्गालाई परिवर्तन गरेर विराटनगर सार्नसमेत माग पनि गरेको छ।’

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जिल्लामै बढी अदुवा तथा बेसारको खेती हुने कटारी नगरपालिकाको क्षेत्रलाई कटौती गरी अदुवा र बेसार जोन कार्यान्वयन गरेकोले उक्त निर्णय तत्काल सच्चाउनु पर्ने माग गरेको छ। ‘अदुवा बेसार जोनको कार्यक्षेत्रमा कटारी नगरपालिकालाई समावेस नगरिएकोले कटारी नगरपालिकालाई समेत समावेस गर्न माग गर्ने निर्णय भएको छ,’ नगरसभाले गरेका निर्णयको जानकारी दिँदै प्रमुख श्रेष्ठले भने,  ‘उदयपुरको सबैभन्दा बढी अदुवा खेती हुने क्षेत्र हर्देनीलाई नै कटाएर मन्त्रालयले अदुवा बेसार जोन घोषणा गरेकोले चकित पारेका छ।’

नगरसभाले गत असारमा दोस्रो नगरसभाबाट पास भएको नीति तथा कार्यक्रम र बजेट संशोधन गरेको छ। दोस्रो नगरसभाले ६२ करोड ९ लाख ८२ हजार पास गरेकोमा सशोधन गरि ७१ करोड  ३८ लाख पुर्‍याएको छ। असारमा पास अनुमानित बजेटमा ९ करोड २८ लाख संशोधन भएको छ। प्रत्येक वडालाई १३ लाखको दरले रकम विनोयोजन गरि कार्यक्रम स्वीकृत गरिएको प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले बताए।

गौतमका अनुसार राजस्व बाँडफाड र प्रदेश सरकारबाट अनुदान प्राप्त भएकाले बजेट थपघट गरिएको जनकारी दिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.