|

काठमाडौं : नेपाली कांग्रेस महासमिति बैठकमा शीर्ष नेताहरुले सदस्यहरुलाई व्यक्तिगत खर्चमा पालैपालो खाना खुवाएपछि पार्टी कोषको खर्च कम भएको छ। पाँच दिनमा सकाउने योजनाअनुसार एक करोड खर्च अनुमान गरिएकोमा तीन दिन बैठक लम्बिए पनि खर्च २० लाख मात्रै थपिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

सात शीर्ष नेताहरुले निजी खर्चमा हरेक दिन पालैपालो रात्रिभोज गरेका थिए। कांग्रेसले महासमिति सुरु हुनुअघि नै सदस्यहरुलाई बिहानको खाना मात्रै खुवाउने सूचना गरेको थियो। बेलुकाको खानाको व्यवस्था आफैं गर्नुपर्ने भनिएको थियो। तर, नेताहरुले व्यवस्था गरेपछि सदस्यहरुलाई सजिलो भएको समाचार नयाँ पत्रिका दैनिकमा छ।

केही नेताहरुले पार्टीमा प्रभाव र शक्ति देखाउन व्यक्तिगत खर्चमा खाना खुवाएको भन्दै असन्तुष्टि जनाए, बहिष्कार समेत गरे। झन्डै एक हजार ६०० सहभागी बैठक मंसिर २८मा सुरु भई पुस ६ मा सकिएको थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.