|

कञ्चनपुर :  कञ्चनपुरको माहाकाली नगरपालिका– १० कुसतियाकबर नजिक बिहीबार नेपाल–भारत सीमा क्षेत्र दशगजामा आपसी विवादमा भारतीय एसएसबीका जवानहरूले गोली चलाउँदा हराएका गोलीका खोका भारतिय सुरक्षाकर्मी खोजिरहेको छ। 

भारतिय सुरक्षाकर्मीले कुतियाकबर क्षेत्रमा गोलीका खोका खोजिरहेको कुतियाकबरका स्थानीयले बताएका छन्। भारतिय सुरक्षाकर्मीले स्थानीयलाई गोलीका खोका खोजिदिन समेत आग्रह गरेका छन्।

एसएसबीका जवानहरुबिच भएको विवादमा ११ राउण्ड गोली चलेको थियो। भारतिय सुरक्षाकर्मीले ११ गोलीका खोका मध्ये ३ खोका फेला पारेको छ भने बाँकी खोका कुतियाकबर क्षेत्रमा हराएको भारतीय शुरक्षाकर्मीको भनाइ रहेको छ। स्थानीयले ईन्सास राईफलबाट चलेको गोलीका ६ खोका नेपाली सुरक्षकर्मीलाई बुझाएको जनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.