|

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल ब्राइटन एन्ड होभ आल्बियनसँग संघर्षपूर्ण जित निकालेकाे छ। शनिबार भएको खेलमा लिभरपुलले ब्राइटनविरुद्ध १–० गोल नै निर्णायक बन्यो।

लिभरपुलले उसैको मैदानमा ब्राइटनलाई हराउँदा मोहमद सलाहले पेनाल्टी निर्णायक बनेको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई जित दिलाए।

जितसँगै लिभरपुलले शीर्ष स्थानको अग्रता सात अंकको बनाएको छ। लिभरपुलले २२ खेलबाट ५७ अंक जोडेको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५० अंक छ। सिटीले एक खेल कम खेलेको छ। २६ अंकसहित ब्राइटन १३ औं स्थानमा छ।

प्रिमियर लिगअन्तर्गत नै लेष्टर सिटी साउथह्याम्पटनसँग २–१ गोल अन्तरले पराजित भएको छ। बर्नलीले फुलहमलाई २–१ ले पराजित गर्दा वाट्फोर्टले क्रिष्टल प्यालेसलाई २–१ ले नै हराएको छ। कार्डिफ सिटी र हडर्सफिल्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.