बत्ती बाल्नेदेखि गाडी फाल्नेसम्मका जिम्मेवारी

|

काठमाडौं : नेपाल सरकारका सचिवहरूले २०७५ पुस १८ मा गरेको निर्णय कार्यान्यवयन भयो भने २०७६ असार मसान्तमा सिंहदरबारको स्वरुप परिवर्तन हुनेछ। सिंहदरबारभित्र अहिलजस्तो फोहोर देख्नु नपर्ने मात्रै होइन हरियाली सिंहदरबारभित्र पुरातात्विक महत्त्व राख्ने सामग्रीले सजिसजाउ हुनेछन्।

देशको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल बुटिक विमानस्थलको रुपमा परिणत गर्न विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले अभियान चलाउँदै सरकार संघीय सरकारको प्रशासनिक केन्द्र सिंहदरबार पनि बुटिको बनाउने अभियानमा जुटेको छ। छ महिनाको अधिकतम समय सीमा राखेर काम सुरु गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

मुख्यसचिको नेतृत्वमा बसेको बैठकले गरेको निर्णय कार्यन्वयन भएमा सिंहदरबारभित्रका सबै बगैंचा सिँचाइ गर्न आधुनिक प्रविधियुक्त सिँचाइ प्रणाली रहने छ। सिंहदरबारको चारै परिसरमा राष्ट्रिय महत्त्वको अवसर तथा पर्वहरूमा उज्यालो दीप दिन विद्युतीय व्यवस्था र पर्खालमा रंगरोगन  गरिने छ। सिंहदरबारमा बस्ने गेटहरू  ऐतिहासिक एवं पुरात्त्विक महत्त्व दर्शाउने गरी मर्मत गरिने छ।

सिंहदरबारभित्रको फोहोर उठाउनेदेखि, बत्ती बाल्ने र गाडी फाल्ने कामसम्मका लागि मन्त्रालयहरूलाई जिम्मेवारी दिएइको छ। जिम्मेवारीअनुसार काम अघि बढाइसकिएको  सामान्य प्रशासन मन्त्रालयका अधिकारीअरूले बताएका छन्।

कसलाई के जिम्मेवारी

साविकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयअघिको परिसरको दक्षिणतर्फको बगैंचा ऐतिहासिक एवं पुरातात्विक महत्त्व झल्कने गरी विद्युतीकरणसहित व्यवस्थित गर्ने निर्णय लिइएको छ। यसको जिम्मेवारी सहरी विकास मन्त्राललाई दिइएको छ। त्यस्तै, सहरी विकास मन्त्रालयलाई सिंहदरबार चारै दिशामा अवस्थित पर्खालको बाहिरपट्टि राष्ट्रिय पर्वको अवसरमा बत्ती बाल्न विद्युतीय व्यवस्था मिलाउने र गेटहरू पुरात्विक महत्त्व दर्शने गरी बनाउने जिम्मेवारी तोकिएको छ।

सिंहदरबारभित्रका सबै परिसरको बगैचामा सिंचाइ गर्न एकीकृत आधुनिक प्रविधियुक्त सिंचाइ प्रणालीको प्रबन्ध गर्ने जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई दिइएको छ।

मर्मत गरी प्रयोगमा आउन सक्ने तर मन्त्रालयलाई आवश्‍यक नभएका सवारी साधनको विवरण तयार गरी प्रयोग गर्न मिल्ने आवश्‍यक प्रकिया पूरा गरी स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्था मिलाउने काम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिलाउनु पर्ने बताइएको छ।

त्यस्तै, सबै मन्त्रालयले भर्‍याङमुनि र छतमाथिको फोहोर सफा गर्नका लागि समेत जिम्मेवारी लिएका छन्। यी सबै काम पूरा गर्नका लागि अर्थमन्त्रालयालाई समन्वयन भूमिका खेल्न भनिएको छ। आवश्‍यक पर्ने बजेट अर्थमन्त्रालयले रकम रकमान्तर गरेर दिने बताइएको छ।

तर, पूर्वप्रशासकहरू भने फोहोर सफा गर्ने काम समेत मुख्यसचिको नेतृत्वमा बसरे निर्णय गर्नुपर्ने बाध्यता निर्णय कार्यान्वनमा देखिएको उदासिनताको फल भएको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.