काठमाडौंः संसदको आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सम्बन्धी प्रतिवेदन पेश हुने भएको छ। शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले संसदमा समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।
चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन पेश हुने भएकाले आजको संसद बैठकमा कांग्रेसले अवरोध गर्ने सम्भावना छ। बैठक दिउँसो १२ बजे बस्दैछ। समितिको प्रतिवेदनमा नेपाली कांग्रेसका सदस्यहरूले फरक मत राखेका थिए। समितिको प्रतिवेदन पास भएपछि डाक्टर गोविन्द केसी इलाम पुगेर अनसनमा बसेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।