|

काठमाडौं : कतारमा कामको क्रममा दुर्घटनामा परी घाइते भएका रुकुम चोखाबाङका ललित बुढामगर विगत १ वर्षदेखि कतारको अस्पतालमा उपचाररत छन्। काम गर्ने क्रममा कतारको एक प्रतिष्ठित आल्मुनियम कम्पनीमा काम गरिरहँदा फलामको टुक्राले टाउकोमा लागेपछि घाइते भएका उनको अहिले पनि अस्पतालमा उपचार जारी छ। 

कतारको रुमिल्लाह अस्पतालमा भर्ना भएका बुढामगरको अहिलेसम्म पनि राम्रोसँग होस खुलिसकेको छैन। स्वास्थ्यमा सुधार आइरहेपनि पूर्ण रुपमा निको हुन कति समय लाग्छ भन्ने यकिन चिकित्सकहरुले पनि गर्न सकेका छैनन्। 

करिब ३० महिना अघि रोजगारीका लागि कतार पुगेका बुढामगर थलिएपछि उनको परिवार समेत आर्थिक संकटबाट गुज्रिएको छ। कमाउने घरमुली नै अस्पतालमा थला परेर बसेपछि छोराछोरीको पालनपोषणमा पनि अफ्ठ्यारो परेको छ।

बुढामगरको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पगेका रोल्पा जलजला सेवा समाज कतारका महासचिव चोम बहादुर बिष्ट उनको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका छन्। उनले बुढा मगरको उपचारमा सरलता र उनको घर परिवारलाई केही राहत पुर्‍याउने उदेश्यले आफू कार्यरत कम्पनीमा आर्थिक सहयोग संकलन कार्यको थालनी गरेको र केहि दिनमै संकलित रकम पीडित र पीडितका आफन्तलाई हस्तान्तरण गरिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.