|

काठमाडौं : नेपालको महत्वपूर्ण चाडमध्ये माघे संक्रान्ती पनि एक हो। हरेक बर्षको माघ महिनाको पहिलो दिन मकर संक्रान्ति भनेर मनाइने यो पर्व नेपालका विभिन्न  जात र समुदायले बिभिन्न किसिमले मनाउँछन्। हरेक पर्वको आआफ्नै विशेषता हुन्छन् र पर्वहरुमा खाइने परिकार पनि फरक नै हुन्छन्। तर माघे संक्रान्तीको विशेष परिकार हो, तरुल ,घ्यु , चाकु, तिलको लड्डु। 

यस अवसरमा चाकुको माग बढी हुन्छ। काठमाडौं टोखा, ललितपुरको पाटन चाकु बनाइने नामले पनि प्रसिद्ध छन्।

चाकु सख्खरलाई विभिन्न मसला मिसाई बनाइने परिकार हो। चाकु खाँदा जाडोले छुँदैन भन्ने भनाइ छ, त्यसैले जाडोमा चाकुको प्रयोग बढी हुन्छ।

यही चाकुको बजारको मागलाइ पूर्ति गर्न ब्यस्त चाकु व्यवसायी र कामदार फोटोमा -

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.