|

कपिलवस्तु : बुङ्चीमा शनिबार बिहान करिब ३ बजे बस र एम्बुलेन्स ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा एम्बुलेन्समा सवार कञ्जनपुर बाइस विजुवाका ५५ वर्षीय सुब्बा राना र ६० वर्षीया मदिया राना रहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक विष्णुप्रसाद पोख्रेलले बताए। 

एम्बुलेन्स चालक कञ्चनपुर बाइस विजुवाका मनोज पोख्रेल र अन्य पाँच जना गम्भीर घाइते भएकाले भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ। बिरामी लिएर कञ्चनपुर फर्कँदै गरेको मा १ च ३९६ नम्बरको एम्बुलेन्स र दाङबाट शैक्षिक भ्रमणका लागि लुम्बिनी आइरहेको ना ४ ख ७९९६ नम्बरको बस ठोक्किएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.