|

गुल्मी : जिल्ला प्रहरी कार्यालय गुल्मीले ठूलो परिणाममा अवैध हातहतियारसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडे र ७ वाग्लाबाट हातहतियार बरामद गरिएको हो।

प्रहरीले बरामद गरिएका हातहतियार तथा पक्राउ गरेकाहरूलाई आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। हतियारसहित पक्राउ पर्ने धुर्कोट गाउँपालिका ७ वाग्लाका कृष्ण घर्ती र धुर्कोट गाउँपालिका ३ हाडहाडेका शेरबहादुर सिजी रहेका छन्।

प्रहरीका अनुसार पौष १९ गते प्रहरी चौकी धुर्कोटमा घर्तीको घरमा भरुवा बन्दुक छ भन्ने प्रहरीले जानकारी पायो। लगत्तै निजको घर तलासी लिँदा एक नाल भरुवा बन्दुक फेला पार्‍यो। त्यसपछि थप अनुसन्धान गर्दै जाँदा जिसीको घरमा पनि हात हतियार तथा खर खजना भएको कुरा थाहा हुन आयो। जिसीलाई पनि ईलाका प्रहरी कार्यालयल पुर्कोट दहको समूहले पौष २७ गते नियन्त्रणमा लियो।

आरनदेखि कोलकोत्ताबाट ल्याएको बन्दुकसम्म बरामद

उनीहरूका साथबाट एकनाले भरुवा बन्दुक चार थान, टोएर गन कोलकोत्ता लेखेको बन्दुक एक थान, २६ र २२ ईन्च लामो बन्दुकको नाल दुई थान, छर्रा बनाउन प्रयोग हुने १९ ईन्च लामो रड ६ पिड र ६ देखि ८ ईन्च लम्बाईका रड ६ छ थान बरामत गरेको प्रहरीले जनाएको छ। त्यस्तै आधा किलो बारुद, सानो–ठूलो पटका पाचँ पाकेट, एक केप बन्दुक, बन्दुकको टेगर एक वटा, कटिङ्ग  पेलेट एउटा, सटगनको खोका एउटा, टाटा र सुनेरा कम्पनिको ब्यट्री दुई थान, युरिया आधा किलो र एक थान आरन पख्खां पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले जानकारी दिए।

पत्रकार सम्मेलनमा प्रहरीले यो आर्थिक वर्षमा भए/गरेका गतिविधि तथा प्रगतिहरुको बारेमा पनि जानकारी गराएको थियो। अपराध हुनै नदिने उद्देश्यले प्रहरीले गस्ती अभियानलाई प्राथमिकतामा राखेको छ। जसअन्तर्तग दैनिक ६१ वटा गस्ती हुने गरेको र त्यसमा १८३ प्रहरी परिचालन गरिएको जनाइएको छ। त्यस्तै सामुदायिक गस्ती २१ वटा, मोटरसाइकल गस्ती १८ वटा, ग्रामीण गस्ती १६ वटा तथा शहरी र गाडी मोबाइल गस्ती तीन/तीनवटा रहेका छन्। त्यसको परिणामस्वरूप समाजको शान्ति सुरक्षा कायम भई आम नागरिकको चेतनामा वृद्धि भएको प्रहरीको विश्वास छ।

कुल ८४ मुद्दा प्रहरीमा

जिल्ला प्रहरी कार्यालय गुल्मीमा आर्थिक बर्ष २०७५/७६ को पछिल्लो छ महिनामा कुल ८४ मुद्धा दर्ता भएका छन्। जसमध्ये कर्तब्य ज्यान चारवटा, भवितब्य ज्यान १५ वटा, फुटकर सात, बिषसेवन गरी आत्महत्या तीन, झुण्डि आत्महत्या २६ रहेका छन्। त्यसैगरि हामफाली आत्महत्या, चोरी उद्योग, लागुऔषध, सरकारी छाप दस्तखत किर्ते, वैयतिक गोपनियतासम्बन्धी कसुर, हातहतियार खरखजना सम्बन्धी कसुर र ज्यान मार्ने उद्योग एक/एक वटा दर्ता भएका छन्।

एक करोड जरिवाना असुल

प्रहरीले अपराधिबाट कारवाहिस्वरूप ८१ लाख १६ हजार ४३२ रुपैयाँ पनि असुल गरेको छ। जबरजस्तीकरणी मुद्दाबाट छ लाख ६६ हजार ४३२ र ठगी मुद्दाबाट ७४ लाख ५० हजार असुल गरिएको प्रहरीको तथ्यांकमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.