|

काठमाडौं : करिब चार महिनादेखि खाली नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र एक प्रहरी नायव महानिरीक्षक (डिआइजी)को पदपूर्ति चाँडै हुने भएको छ। गृह मन्त्रालय स्रोतका अनुसार आइतबार बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी नियमावली २०७१ को प्रहरी नियमावलीको नियम २८ (१) तत्कालका लागि लागू नहुने निर्णय गरेसँगै एसपी र एसएसपीको बढुवाको बाटो खुलेको हो।

प्रहरी नियमावली २०७१ को नियम २८ (१) अनुसार प्रहरी सेवाको रिक्त पदमा बढुवाद्वारा पदपूर्ति हुने पदको उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तहभन्दा एक श्रेणी मुनिको पदमा चार वर्ष सेवा गरेको हुनुपर्ने प्रावधान रहेको थियो। सोही कारण हालका एसएसपीका प्रतिस्पर्धीहरू २०७१ साल फागुन १० गते प्रहरी नायव उपरीक्षक (डिएसपी) बाट एसपीमा बढुवा भएका थिए। तर, चार वर्ष नपुगेको भन्दै उनीहरूकाे बढुवा रोकिएको थियो।

उनीहरूको आगामी फागुन १० गते मात्रै एसपी भएको चार वर्ष पूरा हुँदैछ। लामो समयसम्म एसएसपीको दरबन्दी रिक्त हुँदा चेन अफ कमाण्ड, अनुगमन तथा निर्देशनमा प्रत्यक्ष असर परेकाले प्रभावकारी काम कारबाही हुन नसकेको भन्दै प्रहरी प्रधान कार्यालयले नियमावली संशोधनको माग गर्दै गृहमन्त्रालयलाई पत्राचार गरेको थियो।

यी हुन् एसएसपीको दौडमा रहेका एसपी

१५ रिक्त एसएसपीका लागि ३५ एसपीहरू बढुवाको दौडमा छन्। एसपीहरू नरेन्द्रप्रसाद उप्रेती, सन्दीप भण्डारी, मीरा चौधरी थारू, दुर्गा सिंह, भरतबहादुर बोहरा, टेकप्रसाद राई, वसन्तबहादुर कुँवर, विष्णुकुमार केसी, रामदत्त जोशी, श्यामलाल ज्ञवाली,गणेश रेग्मी, किरण बज्राचार्य, बुद्धिराज गुरुङ,राजेशनाथ बाँस्तोला एसएसपी बढुवाको दौडमा रहेका छन्।

त्यस्तै जनकराज पाण्डे, मुकेशकुमार सिंह, सुरेन्द्रप्रसाद मैनाली, दीपक थापा, पोषराज पोखरेल,रवीन्द्र केसी, नवराज भट्ट, उमेशराज जोशी, भीमप्रसाद ढकाल,अशोक सिंह, हृदय थापा, कुबेर कडायत, केदार ढकाल, लालमणि आचार्य, गोविन्दकुमार शाह, सुदीप गिरी, टेकबहादुर तामाङ, जनक भट्टराई, कृष्णकुमार महत, किरण राणा, अर्जुनचन्द ठकुरीलगायतबीच पनि प्रतिस्पर्धा रहेको छ।

त्यस्तै एकजना डिआइजीका लागि एससपीहरू गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, वीरेन्द्र श्रेष्ठ, घनश्याम अर्याल मुख्य प्रतिस्पर्धी मानिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.