काठमाडौंः निर्वाध रुपमा पखेटा फिँजाएर आकाशमा घुम्ने चरालाई पिन्जडामा थुनेर राख्दा कत्तिको निसास्सिँदा हुन् ? मनमा यस्तै विचारहरू घुम्छन् जब चिडियाखाना भित्र पिन्जडामा उड्दै गरेका चराहरूलाई देख्दा। पिन्जडा भित्र भएपनि चराहरूले आफ्नो उड्ने धर्म छाड्दैनन्। आफ्नो जोडीसँगको प्रेमलाई पनि चराहरुले विर्सिएका छैनन्।
पिन्जडा भित्र चराहरु फखेटा फिँजाएर यताउता गर्दै थिए। सदर चिडियाखानाको बाहिर हेर्नेहरुको भिड थियो। बाहिर हेर्नेहरु त चराको उडाइमा रमाइरहेका थिए। भित्र भने चराहरु दुःखी होलान! किनकी उडेर संसार हेर्ने चराहरुले पिन्जडामा थुनिएर बस्नु परेको छ।
चराहरु हेर्दा यस्तो लाग्छ– उनीहरु उडेर बाहिरको संसारमा आउन चाहान्छन्। तर, सानो उडान भर्ने वित्तिकै चराहरु पिन्जडामा ठोकिएर भुईंमा झर्थे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।