|

पर्सा : त्रिभुवन आर्मीका टिम क्याप्टेन भरत खवासको ह्याट्रिकमा नव जनजागृति युवा क्लब सिमरा विशाल मेमाेरियल गाेल्डकपमा ३–० ले पराजित भएकाे छ।

नारायणी रंगशालामा जारी दोस्रो विशाल मेमोरियल गोल्डकप प्रतियोगितामा मंगलबार आर्मीका खेलाडी खवासले ह्याट्रिक गरेपछि आर्मीले सहज जित निकालेको हो।  पहिलो हाफको २२ औं मिनेटसम्म निकै सक्रियता देखाएको सिमरामाथि २३ औं मिनेटमा पहिलो गोल गरेपछि हौसिएको आर्मीले खेल अवधिभर नै सिमरालाई दवावमा राख्यो। पहिलो हाफको २३ औं मिनेटमा पहिलो गोल गरेको आर्मीले ४३ औं मिनेटमा दोस्रो गोल थप्यो।

दोस्रो हाफमा पनि आर्मीका टिम क्याप्टेन तथा मिडफिल्डर खेलाडी खवासलाई सिमराका खेलाडीले पहिलो डिबक्स एरियामा लडाएपछि प्यानल्टी पाएको आर्मीले खेलको अन्तिममा समयमा आएर प्यानल्टीमार्फत फेरि अर्को गोल थपेको हो।

सिमरा जन जागृति क्लबले भने सम्भावित वललाई जाली चुमाउन नसक्दा मंगलबार आर्मीसँगको प्रतियोगितामा शुन्यकाविरुद्ध तीन गोल खाँदै चित्त बुझाउनु परेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.