|

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकार मातहतका विकास योजना प्रदेश सरकार मातहत नल्याउन आग्रह गरेका छन्।

सोमबार परशुराम धार्मिक, पर्यटन महामहोत्सवको उद्घाटन गर्न गृहजिल्ला पुगेका देउवाले प्रदेश सरकारसँग ठूला योजनाका लागि बजेट नभएकाले सिधै संघीय सरकारसँग योजना माग्न स्थानीय तहलाई आग्रह गरेका हुन्।

‘विकास निर्माणका योजनका लागि सिधै केन्द्रमा धाउनुस्, प्रदेश सरकारसँग आवश्यक बजेट नै नभएकाले केन्द्रका योजना प्रदेशमा तान्नु हुन्न।’ देउवा भने, ‘महाकालीमा पुल निमार्णको लागि भारतका प्रधानमन्त्रीसँग कुरा भएको थियो तर स्थान तोक्न नसकिएकाले पहल अगाडि बढ्न सकेको थिएन।’ पुल निमार्ण गर्न सके यस क्षेत्रमा पर्यटक तथा तमाम भक्तजनहरूलाई भित्र्याउन सकिने भएकाले आर्थिक समृद्धिको ढोका खुल्ने उनको भनाइ थियो।

परशुराम धाम धार्मिक हिसाबले निकै महत्पूर्ण तीर्थस्थल भएको देउवाको भनाइ थियो। परशुराम धामलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा उनको जोड थियो। चुनाव जितेपछि दोस्रो पटक गृहजिल्ला आएका देउवाले आफूले जिल्लाको विकासका लागि थुप्रै काम गरेको जिकिर गरे। ‘यहाँका विकास निर्माणका काम मैले के गरेँ म यसबारे धेरै बोल्दैन, त्यो तपाईँकै आँखा अगाडि नै छ’, देउवाले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.