|

डोल्पा : जिल्ला स्वास्थ्य कार्यालय डोल्पाका लागि पठाइएको सरकारी औषधी त्यहाँ कार्यारत कर्मचारीले नै चोरेर बेच्ने गरेको खुलासा भएको छ। उक्त कार्यालयमा कार्यरत दुई कर्मचारी औषधी राख्ने स्टोरको कोठा फोडेर चोर्दै गरेको अवस्थामा रंगेहात पक्राउसमेत परेका छन्।

राति औषधी चोरेर कर्मचारीले नै अन्तै लगेर बेच्ने गरेको सोमबार खुलासा भएको हो। जिल्ला स्वास्थ्य कार्यालय डोल्पामा हाल फाजिलामा रहेका खोप सुपरभाइजर संजयकुमार मण्डल र ठुलीभेरी नगरपालिकाका स्वास्थ्य संयोजक दयानन्द गौडले स्वास्थ्य कार्यालयको स्टोरबाट औषधी चोर्दै गरेको अवस्थामा प्रहरीले केही पहिले रंगेहात पक्राउ गरेको थियो।

उनीहरूले स्टोर किपर विदामा बसेको मौकामा ताला फोडेर औषधी चोरेका हुन्।

उनीहरूले पुस १७ गते राति ११ बजेतिर उनीहरूले स्टोरको ढोका फुटालेर औषधी प्याक गरिरहेको अवस्थामा गस्तीमा रहेको प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रहरीका अनुसार औषधीका कार्टुन लिँदै गर्दा भेटिएकाले एक रात संजयकुमार मण्डललाई थुनामा राखिएको थियो। स्टोरबाट छ बोरा औषधी र २ कार्टुन आर.एल. राति बाहिर लैजान लागेको भेटिएको थियो।

घटना पुस १७ गते रातिको भए पनि स्वास्थ्य कार्यालयका स्टोर किपर देवबहादुर बि.सी. विदामा रहेका कारण सत्य तथ्य कुरा बुझ्नको लागि एक रात थुनामा राखि स्वास्थ्यकै कर्मचारीको जिम्मामा मण्डललाई छोडिएको प्रहरी नायव उपरीक्षक अवदेश विष्टले जानकारी दिए।

शुक्रबार स्टोर किपरले कार्यालयको स्टोर खोलेर हेर्दा गलत नियतले नै औषधी प्याक गरिएको पुष्टि भएको र स्वास्थ्य कार्यालय प्रमुख आउने बित्तिकै थप कारबाहीको प्रकृया अघि बढाइने प्रहरी नायव उपरीक्षक विष्टले बताए।

हेल्थ असिष्टेन्ट दयानन्द गौड ठुलीभेरि नगरपालिकाको स्वास्थ्य संयोजक भएको र नगरपालिकाबाट औषधी खरिदको लागि पेश्की बुझि सकेकाले त्यहिँ रकम मिलाउन स्वास्थ्य कार्यालयबाट स्टोर किपर नभएको बेलामा राति औषधी चोरी गरेको स्वास्थ्य प्रमुख रणलाल कुलाले बताए।

औषधी चोरी गर्दा रंगेहात फेला परेका दायनन्नद गौड र सँजयकुमार मण्डल भने आफूहरूले कुनै चोरीका काम नगरेको बताउछन्। बिनाकारण आफुहरूमाथि गलत आरोप लगाएको उनिहरूले बताएका छन्।

यता  स्टोर किपर देवबहादुर बिसी भने स्वास्थ्यमा आउने औषधीको डाटा अनलाइन स्ष्टिममा राखिने भएकाले कार्टुनमा नै राखिने र कहिले पनि बोरामा नराखिने दाबी गर्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.