|
बीचमा रहेका प्रदेश प्रमुख मल्ल

काठमाडौं : सुदूरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्ल २८ वर्षदेखि कालो सूचीका ऋणी भएको खुल्न आएको छ।

मल्लले तीन दशकअघि लिएको ऋण नतिरेपछि ०४७ सालदेखि कालोसूचीमा राखिएको नेपाल बैँकले जनाएको छ। मल्ल, उनका भाई मदनबहादुरलगायत मल्ल समूहले ०४१/०४२ सालमा नेपाल बैँकबाट ९८ लाख ५३ हजार रुपैयाँ ऋण लिएका थिए भन्ने खबर कान्तिपुर दैनिकमा छ।

ऋण लिएको तीन वर्षपछिबाट यो समूहले साँवा ब्याज केही पनि भुक्तानी नगरेपछि ०४७ कात्तिक ३० देखि बैंकले कालो सूचीमा राखेको हो। यस आधारमा मल्ल प्रदेश प्रमुख हुन अयोग्य रहेको कानुनविद्हरुले प्रतिक्रिया दिएका छन्।

तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले ०७४ माघमा मल्लसहित सात जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.