|

कपिलवस्तु : भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुमा अनलाईनबाट सेवा संचालन गरिएको छ।

जग्गा प्रशासनलाई ब्यवस्थित गरी जनतालाई प्रभावकारी सेवा उपलब्ध गराउन आईतवारबाट बिधिवत रुपमा कार्यालयमा सेवा प्रारम्भ गरिएको हो। भूमि ब्यवस्थापन तथा अभिलेख विभागका निर्देशक भरत गौतमले मालपोतमा ४९ औं कार्यालयका रुपमा तौलिहवामा सेवा सुरुवात भएको जानकारी दिदै यो सेवाले जनताहरुले घरदैलो मार्फत नै सेवा प्राप्त गर्न सक्ने बताए।

विभागका कम्युटर अधिकृत हरिशरण थापाले सरकारले देशभरका बिभिन्न ६ वटा निकायमा अनलाई सेवा मार्फत कार्य गरिएका बताए। उनले अनलाईन मार्फत प्रदान गरिने सेवाले जग्गाधनीको फोटो र औठा छापले देशको कुनै पनि ठाउबाट पनि जग्गाको कारोवार गर्न सकिने जानकारी दिए। अनलाईन अभिलेख सुरक्षित हुने, राजस्व असुलीमा सहजता, हदबन्दीलगायतमा सहजता आउने उनको भनाइ छ। यो सेवाका लागि ईन्टरनेटको पहुच र सुबिधा हुने पर्ने भएकाले केही अप्ठेयाराहरु आउन सक्ने भएपनि त्यो समयसंगै हटेर जाने थापाले जनाए।

सेवाको प्रभावकारीताका लागि विभागले एक हप्तासम्मका लागि सात जना कर्मचारीहरु परिचालन गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.