|

आठ वर्षपछि एसियाकपमा स्थान बनाएको भारत समुहचरणबाटै बाहिरिएपछि मुख्य प्रशिक्षक स्टेफन कन्सटेनटाइनले पदबाट राजीनामा दिएका छन्। एसियन कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बहराइनसँग १–० ले पराजित हुँदा उसको दोस्रो चरण संभावनाको अन्त्य भएको थियो।

भारतले समुह ए मा रहेर ३ अंक बनाएको थियो। बेलयाती प्रशिक्षक कन्सटेनटाइनले प्रशिक्षक पद छाड्नु उपयुक्त समय भएको भन्दै भावुक बनेका थिए। उनले भने ‘मैले यो खेलपछि भारतीय टिमको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिने निर्णय गरेको छु। मैले चार वर्ष भारतीय प्रशिक्षक रहें  र मेरो लक्ष्य थियो भारतलाई एसियन कपमा छनोट गराउने त्यसमा सफलता पाएको छु। तर, एसियन कपमा प्रदर्शन राम्रो हुन नसक्दा दुख लागेको छ।’ उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबै प्रति आभार ब्यक्त गरे। 

एसियाकपमा भारतले पहिलो खेलमा थाइल्यान्डलाई ४–१ ले पराजित गरेको थियो। दोस्रो खेलमा युएईंसँग २–० ले पराजित भएको थियो। भने तेस्रो खेलमा बहरानसँग पराजित भयो।  कन्सटेनटाइनले यसअघि सन् २००२ देखि २००५ सम्म भारतीय टिमलाई नै प्रशिक्षण दिएका थिए। सन् २०१५ मा कन्सटेनटाइन पुन भारतीय टिम समाल्न सुरु गरेका थिए। स्टेफन नेपाली टिमको समेत मुख्य प्रशिक्षक बनेका थिए।

उनले अबको समय परिवारसँग बिताउने बताउँदै भारतीय टिम छोड्नु पर्दा दुख लागि रहेको बताए। उनले भने ‘मैले मेरो परिवारलाई पनि समय दिनुपर्नेछ। म करिव ६ वर्षदेखि परिवारसँग बस्न पाएको छैन। मेरो श्रीमतीको आज जन्मदिन थियो। मेरो तीन छोरीलाई मैले तीन महिना अघि मात्रै सामाजिक सञ्जालमा हेर्ने मौका पाएको थिंए।’ पोस्टम्याचमा स्टेफनले भने। उनले यसो भनिरहँदा उनी भावविह्वल बनेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.