|

काठमाडौंः काठमाडौंमा बस्दै आएका थारु समुदायले पनि आफ्नो महान पर्व माघी धुमधामका साथ मनाएका छन्।

माघे संक्रान्तिको दिन मंगलबार काठमाडौंको चुच्चेपाटीमा ‘माघी महोत्सव’को आयोजना गरी थारु समुदायले आफ्नो महानपर्व माघी धुमधामका साथ मनाएका हुन्। यसै अवसर पारेर थारु समुदायले आफ्नो संस्कृति झल्कने खालको पहिरनमा सजिएर नाचगानसहितको प्रर्दशन पनि गरेका छन्।

माघी महोत्सवमा काठमाडौंमा रहेका सबै आफन्तलाई बोलाएर मिष्ठान्न भोजनसहित शुभकामना समेत आदानप्रदान गरिएको छ। आफ्न्तहरूबीच शुभकामना आदानप्रदान तथा मिष्ठान्न भोजन खुवाएर यो पर्व काठमाडौंमा पनि भव्यताका साथ मनाइएको थारु युवा सभाका अध्यक्ष कानुनलाल चौंधरीले जानकारी दिए।

महोत्सवमा थारु जातिका विभिन्न खानाको परिकार राखिएको १ सय १० वटा स्टल राखिएको छ। मिष्ठान्न भोजन र नाचगानसहितको रमाइलो गरेर काठमाडौंमा पनि माघी पर्व मनाइएको प्रियंका चौधरीले जानकारी दिइन्। महोत्सवमा भेला भएका थारु समुदायले एक अर्काबीच शुभकामना पनि आदानप्रदान गरेका छन । थारु समुदायले माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन्।

थारु समूयदायले यो पर्वमा विशेषत प्रकृतिलाई पूजा गर्ने गर्दछन्। प्रकृतिले हुर्काएको भन्दै उनीहरूले सो पर्वमा खोला, तलाउमा नुहाएर प्रकृतिको पूजा गर्ने गरेका हुन्। यस वर्ष काठमाडौंमा आयोजना गरिएको माघी महोत्सवको संयोजन थारु कल्याणकारी सभा केन्द्रिय कार्य समितिले गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.