|

उदयपुर : माघ १ गतेदेखि १५ दिनसम्म लाग्ने त्रिवेणी मेला सुरु भएको छ। उदयपुरको कटारी नगरपालिका २ खोक्सा र सिन्धुलीको दूधौली नगरपालिका ९ घोडा गाछीमा त्रिवेणी  मेला सुरु भएको हो।

कमला, तावा र ककरु नदीको संगमस्थल त्रिवेणीघाटमा लाग्ने भएकाले मैनी मेलालाई त्रिवेणी मेलाको रुपमा परिचित छ। तीन नदीको संगम स्थलमा मकर स्नान गरी भाकल गरे अनुसारको पशुपक्षी बलिदिई पूजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास रहँदै आएको छ। मंगलबार विहानेदेखिनै मरक त्रिवेणीधाममा मकल नहुँउनेको भीड लागेको छ।

तीन नदीको संगमस्थल त्रिवेणीमा मकर नहुँदा विभिन्न जिल्लाबाट मकर नुहाउन आउने गरेको स्थानीय सन्तोष कार्की बताउँछन्। ‘मकर स्नान गरी भाकल गरेअनुसारको पशुपक्षी बली दिई पूजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास छ,’ उनले भने, ‘प्रदेश १, प्रदेश २ र प्रदेश ३ का विभिन्न जिल्लाबाट धार्मिक पर्यटक आउने गरेका छन्।’

१५ दिनसम्म लाग्ने त्रिवेणी मेलाको आकर्षण सोलखुम्वुको भोटे कुकुर, ओखलढुँगाको राढीपाखी मुख्य आर्कषण हुने गरेको छ। सिन्धुलीको जुनार र स्थानीय उत्पादनको किनबेच छन।

यस वर्षको त्रिवेणी मेला आयोजना गर्न सहयोगार्थ स्वरुप व्यवस्थापन गर्न उदयपुर उद्योग वाणिज्य संघ कटारीलाई जिम्मा दिइएको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। ‘यस वर्षको त्रिवेणी मेला आयोजना गर्न उदयपुर उद्योग वाणिज्य संघ कटारीलाई दिइएको छ,’ उनले भने, ‘आम्दामी सबै उदयपुर उद्योग वाणिज्य संघले लिने भएको छ।’

व्यवस्थापनको जिम्मा पाएको उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुस्कर खड्काले त्रिवेणी मेला आयोजना गर्दा भएको आम्दामीले अतिथि सदन निर्माणमा खर्च गरिने बताए। ‘पूर्वाञ्चल तथा प्रदेश १ कै पुरानो र लामो समय लाग्ने मेलाको आम्दामीबाट कटारीमा अतिथि सदन खर्च गरिने छ’ उनले भने, ‘त्रिवेणीमा आज बिहानैदेखि मकर नुहाउनेहरुको घुइँचोसमेत लागेको छ।’

सिन्धुलीको र उदयपुरको सीमा क्षेत्रमा पर्ने तावा, कमला र ककरु खोलाको संगम स्थल त्रिवेणीघाटमा गएको वर्ष दुवैतिर मेला लागेको थियो। यस वर्ष उदयपुरतर्फ मात्र मेला लागेको अध्यक्ष खड्काले जानकारी दिए। माघ १ गतेदेखि १५ गतेसम्म लाग्ने त्रिवेणी मेलाको रूपमा पूर्वी नेपालमै परिचित छ। सशस्त्र द्वन्द्वभन्दा पहिला माघ महिना भरी र त्यसपछि १५ दिनसम्म लाग्दै आएको पुरानो मेला हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.