|

भक्तपुर : ३५० वर्ष भन्दा पहिलेदेखि माघे संक्रान्तिका दिन चल्दै आएको सम्यक महादान पर्व मंगलबार भक्तपुरमा धुमधामका साथ मनाइएको छ।

सम्यक दानका लागि मंगलबार भक्तपुरको क्वाठमाडाैं प्रशन्नशील महाविहार, साकोथा चतब्र्रम्ह महाविहार, गोल्मढी मंगल धर्मदीप विहार, इटाछें जयकीर्ति महाविहार (थथुवहि) र भार्वाचो बौद्ध समकृत विहारको पाँच दीपंकर बुद्धहरू एवं प्रशन्नशील महाविहारका क्वाचपालदेवता,सम्यक दान दाताको कुल देवता, थासंद्यो (सुवर्ण चैत्य), चार लुँद्यो (सुवर्ण दीपंकरहरू) तथा प्रशन्नशील महाविहारका स्थविर आजु, गुणकीर्तिमहाविहार (थिमि) का उपाध्यायगुरुजू एवं मुल पुरोहित गुरुजुहरूलाई भक्तपुर जयकीर्ति महाविहार थथुवही स्थित भुइँख्यलमा जम्मा गरी सम्यक दान गरेको हो।

सम्यक दान गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वासले आजको दिन सर्वसाधारणले भूमिमा उव्जाउ हुने सबै प्रकारका अन्न, गेडागुडीका साथै फलफूल र मिठाई दान गरिन्छ। साथै धान, चामल, लड्डु (रोटी र सख्खर मिलाई बनाएको विशेष प्रकारको लड्डु), पुरी र दक्षिणा दान गरिन्छ। त्यस्तै सम्यक भोजनमा सहभागी गृहस्थ भिक्षुहरू बज्राचार्य र शाक्य वर्गलाई धानचामल, लड्डु, पुरी र दक्षिणा दान दिइन्छ। 

भक्तपुरमा सम्यक भोजन दान पर्व ने.सं.७८७ सालमा भक्तपुर चतुर्ब्रम्ह महाविहारका बज्राचार्य जयरत्नले स्थापना गरेको उल्लेख छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.