|

रौतहट : नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु शाहले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस मुद्दाविहीन भएको बताएका छन्। रौतहटको वृन्दावन नगरपालिकामा मंगलबार सडक उद्घाटन गदै अध्यक्ष साहले काग्रेस मुद्दाविहीन भएको कारण पनि कमजोर बन्दै गएको बताएका हुन्।

देशको विकास गर्न प्रतिपक्ष बलियो हुनु पर्ने बताउँदै अध्यक्ष साहले डा. गोविन्द केसी र निर्मला पन्तको मुद्दा बनाएर कांग्रेस झन कमजोर हुँदै गएको बताए। पूर्वमन्त्री तथा क्षेत्र नं. ३ का संसदसमेत रहेका अध्यक्ष साहले भने ‘अब कांग्रेसले केही मुद्दा नपाएर हिन्दु राष्ट्र कायम र राजतन्त्रको मुद्दालाई अगाडि सार्न थालेको छ, जुन मुद्दा पूरा गर्ने सपनामा पनि नदेखे हुन्छ।’

६-६ महिनामा सरकार बदलिने देशमा अहिले ५ वर्षको लागि नेकपाको स्थिर सरकार बनेपछि कांग्रेसलाई तानाशाह लागेको समेत अध्यक्ष साहले बताए। वर्तमान सरकारदेखि सिन्डिकेटवाला, भष्ट्राचारी तथा देशको हितविपरीत कार्य गर्नेहरू आतंकित रहेको समेत साहले बताएका छन्। वृन्दावन नगरपालिका ६ हर्साह—खतबैया—छेदीचोकदेखि कटहरिया नगरपालिकाको भसेडासम्मको बाटो उद्घाटन गर्दै अध्यक्ष साहले भने - ‘अब गाउँगाउँका सडकहरू राष्ट्रिय राजमार्गसँग जोडिनेछन् र यी सडकले गाउँलाई शहरसँग जोडन छिटो छरितो हुनेछ।’

सडक बढाऔँ अभियानसमेत चलाएका अध्यक्ष साहले आफ्नो क्षेत्रमा धरै सडकको निमार्ण कार्य भइरहको र केही सडकहरुको डिपिआर हुँदै गरेको र केही सडक पिच हुँदै गरेको समेत बताए। यसैगरी चन्द्रपुर नगरपालिका १० बालचनपुरदेखि गुजरा नगरपालिको जंगलसहियासम्मको करिब ८ किलोमिटर, टिकुलियादेखि कटहरियासम्मको ७ किलोमिटर,कटहरियादेखि बहादुर पुल हुँदै बकैया नदी बाधसम्मको ७ किलोमिटर, जंगल सहियादेखि धन्सारसम्मको करिब १२ किलोमिटर सडकको धमाधम कालोपत्रे तथा ग्राभेलिङको काम भइरहेको समेत अध्यक्ष साहले बताए। पूर्वसहरी विकाश मन्त्रीसमेत भएका साहले आफ्नो जिल्लाको विकाशको लागि जनताको साथ पाए सदैब तयार रहेको समेत बताएका छन्।

त्यसैगरी नेकपाका केन्द्रीय सदस्य युवाराज भट्टराईले अब जनताले देखिने गरी विकास हुने बताएका छन्। देशले स्थिर सरकार पाइसकेको अवस्थामा अब स्थानीयस्तरमा जनताले महसुस हुने गरी विकास हुने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.