|

काठमाडौं : तत्कालीन विवेकशील साझा पार्टी संयोजक र नेता रञ्जु दर्शनाका बारेमा भ्रामक समाचार लेखेको आरोपमा जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा मुक्ति मिडिया प्रालि र नेपालटक डटकम अनलाइनका संचालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १३ का श्याम रोका रहेका छन्।

रोकालाई अपराध महाशाखाको टोलीले मंगलबार बुढानिलकण्ठबाट पक्राउ गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले जानकारी दिए। उनीमाथि विद्युतीय अपराध अन्तर्गत अनुसन्धान भइरहेको महाशाखाको भनाइ छ।

गत शुक्रबार विवेकशील साझा पार्टीबाट छुट्टिए लगत्तै विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रसँग जोडेर आएका समाचारले चरित्र हत्या भएको भन्दै रञ्जुले आइतबार पाँच वटा अनलाइनविरुद्ध अपराध महाशाखामा उजुरी दिएकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.