|

काठमाडौं : नेपाली अल्ट्रा धाविका सिर्जना राई हङकङमा आयोजना भएको गोर्खा ट्रेल ब्लेजरमा स्वर्ण पदक जित्न सफल भएकी छिन्।

संखु वासभाकी सिर्जनाले २६ किलोमिटरमा उमेर समूहतर्फ स्वर्ण जितेकी हुन्। गोर्खा सेमेस्ट्री ट्रष्ट हङकङको आयोजनामा सोमबार भएको प्रतियोगितामा सिर्जनाले निर्धारित २६ किलोमिटर दूरी चार घण्टा सात मिनेट २४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जित्न सफल भएकी थिइन्। यस्तै जर्मनीकी एन्जिलिका हानले रजत र फ्रान्सकी चर्लोटे टाकिटलेकास्य जित्न सफल भइन्।

पछिल्लो समय अल्ट्रा दौडमा निकै राम्रो प्रदर्शन गरिरहेकी सिर्जनाले नेपालमा भएको अन्नपूर्ण ट्रेल (५० किलोमिटर० र पोखरा ट्रेल ९५५ किलोमिटर) मा समेत स्वर्ण जितिसकेकी छिन्। प्रतियोगितामा ३० भन्दा बढी देशका ४०० बढी अल्ट्रा खेलाडीले सहभागिता जनाएको आयोजक गोर्खा सेमेस्ट्री ट्रष्ट हङकङले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.