|

कञ्चनपुर  ः शुक्लाफाँटा नगरपालिका ८ पिलरीफाटामा गएराति आगलागी हुँदा एक घर र एक गोठ जलेको छ। आगोले स्थानीय गोपाल भुलको घर र चन्द्रा भुलको गोठ जलेर पूर्ण रूपमा नष्ट भएको छ ।

गोपाल भुलको घरमा जडान गरिएको सौर्य बत्तीबाट विद्युत 'सट' हुँदा सल्केको आगोले घरभित्र रहेको चार आना सुन, सोलार प्यानल, खानाका लागि राखिएका धान, गहुँ, चामल,ओढ्ने, बिछयाउने लुगाफाटा, लगाउने लुगा र भाँडाकुँडा गरी करिब  चार लाख रुपैयाँबराबरको क्षति भएको वडाध्यक्ष वहादुर महराले बताए। 

त्यसैगरी, घरमा लागेको आगो नजिकै रहेको चन्द्र भुलको गोठमा आगो सल्किईगोठमा राखेको पराल, भुसा र लत्ता कपडा सहित  एक लाख पचास हजार रुपैयाँ बराबरको सरसमान जलेर नष्ट भएको वडा कार्यालयले जनाएको छ । 

घर र गोठमा आगो लागेपछि स्थानीय गाउँले, शुक्लाफाँटा नगरपालिका ८ को वन वातावरण तथा विपद व्यवस्थापन र वन्यजन्तु सुरक्षा विशेष युनिटको सहयोगमा आगो नियन्त्रणमा आएको वडा अध्यक्ष महराले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.