|

भारतले एडिलेडमा भएको दोस्रो एकदिवसीय खेलमा अस्ट्रेलियालार्य ६ विकेटले पराजित गर्दा कप्तान विराट कोहली ३१औँ पटक म्यान अफ द म्याच बन्न सफल भएका छन्। आफ्नो करिअरको ३९औं सतक प्रहार गरेका कोहलीले दोस्रो एकदिवसीय खेलमा १ सय ४ रनको इनिङ खेलेका थिए। उक्त खेलमा पनि उनी म्यान अफ द म्याच चुनिए। जुन उनको ३१औं अर्धसतकीय इनिङ रहेको थियो।

धोनी एक वर्षपछि विजयी रन

धोनीले करीब डेढ वर्षपछि लगातार दुई खेलमा अर्धसतक प्रहार गरे। उनले यसअघि ३० जुन २०१७ र २ जुलाई २०१७ मा भएको एकदिवसीय क्रिकेटमा वेस्टइंडिजविरुद्ध क्रमशः ७८ रनको अविजित र ५४ रनको इनिङ खेलेका थिए। धोनीले मंगलबार अस्ट्रेलियाविरुद्ध विजयी रनसमेत बटुले जुन एक वर्षपछि उनको विजयी रन थियो। यसअघि धोनीले दक्षिण अफ्रिकाविरुद्ध विजयी रन बनाएका थिए। उक्त खेलमा कगिसो रबाडाको बलमा चौका प्रहार गर्दे विजयी रन बटुलेका थिए।

सचिन सर्वाधिक बढी म्यान अफ द म्याच

सचिन विश्व क्रिकेटमा सर्वाधिक धेरै पटक म्यान अफ द म्याच घोषित खेलाडी हुन्। उनी ६२ पटक खेलमा म्यान अफ द म्याच घोषित भएका छन्। उनीपछि श्रीलंकाका सनत जयसूर्या दोस्रो नम्बरमा रहेका छन्। उनले ४८ पटक म्यान अफ द म्याचको पुरस्कार पाए। त्यस्तै दक्षिण अफ्रिकाका ज्याक्स कालिस, अस्ट्रेलियाका रिकी पोन्टीङ र पाकिस्तानका शादि अफ्रिदी समान ३२ पटक म्यन अफ द म्याच घोषित भएका छन्। उनीहरू संयुक्त रूपमा तेस्रो नम्बरमा रहेका छन्। कोहली यो मामिलामा चौंथो नम्बरमा छन्। गांगुली, संगकारा, रिचड्र्सन पनि ३१ पटक नै म्यान अफ द म्याच घोषित भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.