|
फाइल फोटो

धादिङ : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आफ्नो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने धारणा व्यक्त गरेका छन्।

लिःल फङ (घले समाज) केन्द्रीय समितिले बुधबार धादिङ बेँसीमा आयोजना गरेको हो (मृर्गवर्ग) ल्होसार कार्यक्रममा उनले घले जातिलाई आदिवासीमा सुसूचित गराउन आफूले सक्दो प्रयास गर्ने विश्वास दिलाए। पूर्वप्रधानमन्त्री प्रचण्डले घले जातिको आफ्नै परम्परा, संस्कृति, वेशभूषा, मौलिकता, भाषा र खानपान भएर पनि आदिवासीमा सुसूचित नभएकोमा आफूहरूको केही न केही गल्ती भएको स्वीकार गरे।

पूर्वगृहमन्त्री बुद्धिमान तामाङले धादिङमा पनि ठाउँठाउँमा घलेले राज्य गरेको तर त्यसको कुनै लिखित इतिहास नभएको बताए। उनले घलेले आफ्नो पहिचान जोगाउन आफैँ जागरुक हुनुपर्ने विचार व्यक्त गरे। कार्यक्रममा सहभागीलाई भेँडाको मासुलगायत घले खाना दुना र टपरीमा राखेर खुवाइएको थियो। ल्होसारमा १६ राष्ट्र र नेपालका ३६ जिल्लाबाट सहभागी भएका थिए। पुछार बजारबाट झाँकीसहित निकालिएको र्‍याली खुलामञ्चमा पुगेर सभामा परिणत भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.