|
सहमतिपछि कर्मचारीका बीचमा सम्बोधन गर्दै वीरगन्ज महानगरका नगर प्रमुख सरावगी।

पर्सा : नगर प्रमुख र प्रमुख कार्यकारी अधिकृतले स्वेच्छाचारी ढंगले कार्यसम्पादन गरेको भन्दै सम्पूर्ण कामकाज ठप्प पारी आन्दोलन गरिरहेका वीरगन्ज महानगरपालिकाका कर्मचारीको माग सम्बोधन हुने भएपछि काममा फर्किएका छन्।

गएको पुस १९ गतेबाट बारुण यन्त्रवाहेक सबै सेवा ठप्प पारी अनिश्चितकालका लागि सम्पूर्ण सेवा ठप्प पारी आन्दोलनका रहेका वीरगन्ज महानगरपालिकाका कर्मचारीहरु बुधबारबाट काममा फर्किएका छन्। बुधबार ११ बजे वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मंगलबार वार्तामा भएको सहमतिअनुसार आइन्दा कर्मचारीलाई स्थानीयस्तरबाट कुनै पनि विभेद नगरी कार्यसम्पादन गर्ने भनी सहमति अनुसार सम्बोधन गरेपछि सबै कर्मचारी काममा फर्किएका छन्।

नगर प्रमुख विजयकुमार सरावगी र प्रमुख कार्यकारी अधिकृत डा.भीष्म कुमार भुषालले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८४ परिच्छेद ११ को दफा ८३ को उपदफा ४ को ऐन आइन्दा उलंघन नगरी कार्य सम्पादन गर्ने लगायत ६ बुँदे सहमति गरेपछि काममा फर्किएको कर्मचारीहरुले थाहा खबरसँग बताए। विगतमा कर्मचारीले राखेका सबै माग सम्बोधन गर्न ऐन उलंघन नगर्नेदेखि वार्तामा भएको सबै सहमतिलाई कार्यपालिका र नगरसभाबाट पास गराई कर्मचारी संगठन तालिका तथा दरबन्दी समेत महानगरको साधन श्रोतको ख्याल गरी गर्ने भनी सहमति भएपछि काममा फर्किने निधो गरेको महानगरपालिका स्थानीय तह कर्मचारी संघ इकाई समितिका अध्यक्ष मुकेश गुप्ताले बताए। गएको भदौ २० गते यता ५ पटक ज्ञापन पत्र बुझाई उनीहरुलाई सच्चिन दबाब दिँदा बल्ल आफ्ना मागको सुनुवाई भएपछि कार्यान्वयनको प्रतीक्षामा गर्दै काममा फर्किएको उनको भनाइ छ। 

महानगरपालिकाको स्रोत र साधनले धान्नै नसक्ने गरी कार्यपालिका र नगरसभाबाट पास नभएका कुरामा उनीहरु अगाडि नबढ्ने दृढता कर्मचारी समायोजनका सवालमा स्थानीयका तहका कर्मचारीलाई उपेक्षा गरी संघका कर्मचारी मिलान गर्ने डम्पिङ साइड महानगरलाई नबनाउने सहमति भएपछि हाम्रो आन्दोलन स्थगित गरिएको नेपाल नगरपालिका कर्मचारी एशोसिएसन महानगर इकाइ अध्यक्ष सोहन थापाले भने। 'यो विषयमा गएको भदौ २० गते, भदौ २१ गते, असोज ४ गते, मंसिर १४  गते र पुस १२ गते पनि संगठन तालिका पत्र र ज्ञापन पत्र दिई आग्रह गरेबमोजिम उहाँहरुका माग पूरा गछौं भनी सहमतिमा आएपछि अहिलेलाई सबै आन्दोलन स्थगित गरी काममा फर्कियौं' उनले भने। 

महानगरका कर्मचारीले गएको पुस १२ गते ७ बुँदे मागसहित प्रमुख प्रशासकीय अधिकृत डा. भीष्म भुषाल र नगरप्रमुख सरावगीलाई ज्ञापनपत्रमार्फत बुझाएको ज्ञापन पत्रमा महानगरको सीमित स्रोतसाधनबाट तलब, भत्ता, सुविधा व्यहोर्ने गरी तलब सुविधा, सवारीसाधनसमेत दिई बाहिरबाट ल्याइएको कर्मचारीलाई अख्तियार प्रत्यायोजन गरी स्थानीय तहका कर्मचारीको मान मर्दन नगर्न, निरन्तर कर्मचारी भित्र्याउने क्रम रोक्न, स्थानीय तह संचालन ऐन २०७४ को दफा ८४ को उपदफा २ को विपरित कार्यसम्पादन नगर्न, २०७४ को ऐनको परिच्छेद ११ को प्रशासकीय संगठन र कर्मचारी व्यवस्था अन्तर्गतको दफा ८३ को उपदफा ४ को मर्म विपरितका काम तुरुन्त फिर्ता गर्न भनी ज्ञापन पत्र बुझाएको थिए।

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशसकीय अधिकृत डा. भुषाल र नगर प्रमुख सरावगीले भने केन्द्रको कर्मचारी समायोजन तर्फ दोष देखाउँदै आए पनि अहिले भने आन्तरिक कमजोरी पनि सच्याएपछि आन्दोलन टुंगिएको कर्मचारीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.