|

काठमाडौं :   इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले पोलहरू र ओपिजिडब्लु फाइबरको प्रयोगबापत विद्युत् प्राधिकरणले बढाएको शुल्क स्वीकार नगर्ने बताएका छन्। इन्टरनेट सर्भिस एसोसिएसन अफ नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै ५०० प्रतिशतसम्म शुल्क बढाइएको भन्दै विरोध जनाएका हुन्।

प्राधिकरणको पोल तथा फाइबर प्रयोग गरेबापत मुलुकभर सहुलियत दरमा इन्टरनेट सेवा प्रदान गर्दै आएकोमा शुल्कवृद्धि पछि उनीहरूले आपत्ति जनाएका हुन्। सरकारले इन्टरनेट सेवालाई शुलभ बनाउने भन्दै नीतिहरू बनाउँदै गर्दा प्राधिकरणले बढाएको शुल्कले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई ठूलो असर पर्ने एसोसिएसनले जनाएको छ।

कुनै पनि सरकारी निकायले इन्टरनेटको मूल्यवृद्धि हुने खालका कामकारबाही नगर्ने सहमतिविपरीत प्राधिकरणले शुल्क बढाएको एसोसिएसनको आरोप छ। यो समस्या समाधानका लागि सूचना तथा प्रविधि मन्त्रालय, दूरसञ्‍चार प्राधिकरण, विद्युत् प्राधिकरण र इन्टरनेट सेवाप्रदायक कम्पनीका सदस्य सम्मिलित उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग एसोसिएसनले गरेको छ।

प्राधिकरणले पोल र ओपिजिडब्लु फाइबर प्रयोग गरेवापत यस आर्थिक वर्षदेखि शुल्क बढाउने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.