|

लमजुङ : लमजुङमा पहिलोपटक बेसीसहर नगरपालिकाद्वारा नगरप्रहरी परिचालन गरेको छ। नगरलाई सुव्यवस्थित र शान्तिसुरक्षाको प्रत्याभूत गर्नका लागि बुधबारदेखि नगरप्रहरी परिचालन गरेको हो।

नगरपालिकाको शान्तिसुरक्षामा सहयोग पुर्‍याउन तथा नगरवासीको गरलाई स्वच्छ र सफा राख्ने चाहना पूर्ति गर्न नगरप्रहरी परिचालन गरिएको हो। प्रहरी सहायक निरीक्षकको नेतृत्वमा नगरपालिकाले ९ जना नगरप्रहरी परिचालन गरिएको नगरपालिका प्रेस सल्लाहकार कृष्ण केसीले बताए। उनका अनुसार एक जना नगरप्रहरी नगरपालिका कार्यालयमा खटिने र बाँकी ९ जना नगरभित्र खटिएका छन्। प्रहरी सहायक निरीक्षक यमबहादुर अधिकारीले राम्रो नगर निर्माणका लागि नगर प्रहरीले कुनै कसुर बाँकी नराख्ने बताए।

बेसीसहर नगरपालिका ७ मनाङे चौताराबाट नगरप्रहरीले आफ्नो सेवा शुरुवात गरेका छन्। उनीहरूले बजारमा सञ्चालित होटलदेखि विभिन्न पसलहरूका सञ्चालकहरूलाई नगरप्रहरीको परिचय तथा सेवाको बारेमा जानकारी गराउँदै सडकपेटीमा विभिन्न सामानहरू नराख्न आग्रह गरेको छन्। ‘अब हामी कहाँ गएर बाँच्ने?’ सडक पेटीमा वर्षौदेखि फलफूल व्यापार गर्दै परिवार पाल्दै आएका लालुमाया नेपालीले भनिन्, ‘नगरपालिकाले अब हामी बाच्ने अधिकारको सुनिश्चितता गर्नुपर्छ।’

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकारको प्रयोग गरी बेसीशहर नगर कार्यपालिकाले नगरप्रहरी परिचालनग गराइएको नगर प्रमुख गुमानसिङ अर्याले बताए। उनका अनुसार अन्य विकल्पहरू नगरपालिकाले निर्णय गर्न बाँकी रहेको छ। नगरप्रहरी परिचालनका लागि नगरसभाबाट २०७४ असार १४ गते प्रहरी नियमावली ल्याएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.