|

काठमाडौं : आइएफबिबी प्रोफेशनल लिगका लागि ‘गेष्ट पोजर’का रूपमा रोली विंक्लार नेपाल आउने भएका छन्।

रोली विंक्लार प्रतियोगिताको अघिल्लो दिन फागुन २ गते काठमाडौं आउने भएका हुन्। उनी तीन दिन काठमाडौं बस्ने आयोजक आइएफबिबी लिग नेपालका अध्यक्ष सानु गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। पत्रकार सम्मेलनमा प्रतियोगिताको प्रोमो पनि सार्वजनिक गरिएको छ। नेपालमा हुन लागेको आइएफबिबी प्रोफेशनल लिग ओलम्पियाको प्रो क्वालिफायर हो। जुन प्रतियोगितामा काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा फागुन ३–४ गते आयोजना हुँदैछ।

प्रतियोगितमा नेपालसहित विभिन्न देशका खेलाडीले सहभागिता जनाउँदैछन्। खेलाडी सहभागिताका लागि अहिले नाम दर्ता सुरु भइसकेको छ। खेलाडीले चार वटा क्याटागोरीमा प्रतिस्पर्धा गर्ने छन्। जसको विजेताले मिष्टर ओलम्पिया खेल्नका लागि प्रो कार्ड पाउने छन्।

नेपालमा ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’ ‘मेन्स बडिबिल्डिङ,’ र महिलातर्फको ‘ओमन फिजिक’मा ‘प्रो कार्ड’ का लागि भिडन्त हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.