|

सुर्खेत  : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सुर्खेतले यही माघ ५ गते सुर्खेत बन्दको आह्वान गरेको छ। पार्टीका सुर्खेत जिल्ला इन्चार्ज धुव्र र सेक्रेटरी यमराजले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै बन्दको आह्वान गरेका हुन्।

गत पौष २३ गते नेपाल कम्युनिष्ट पार्टीका भेरी व्युरो सदस्य गोविन्द योगी र अनेरास्वियु क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बुढालाई विद्यार्थीको जिल्ला सम्मेलनको शिलशिलामा गिरफ्तार गरी झुट्टा मुद्दा लगाएको विरोधमा सुर्खेत बन्दको आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ।

देशै भरी संगठन सुदृढ र विस्तार अभियानमा जुटिरहेको नेपाल कम्युनिष्ट पार्टीप्रति जनतामा आशा र भरोषा पलाउँदै गर्दा वर्तमान सरकार अत्तालिएको भन्दै कार्यकर्ता गिरफ्तार गरी झुट्टा मुद्दा लगाउने जस्ता घीणृत तथा अराजनीतिक काम नगर्न सरकारलाई चेतावनीसमेत दिइएको छ। गिरफ्तार गरिएका नेता कार्यकर्ताको ससम्मान रिहाई गर्न पनि विज्ञप्तिमा भनिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.