|
File Photo

हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिका ९ ज्यामिरेमा बुधबार दिउँसो ट्रकको ठक्करबाट मोटरसाइकललाई ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत आदापुर घर भएका २२ वर्षीय अतिउला आलम रहेका छन्।

हेटौंडाबाट मनहरीतर्फ जादै गरेको ना.३ ख ७९८१ नम्बरको डिब्बा ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना.५६ प ६६०४ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट आलामको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। वीरगञ्जमा डेरा गरी बस्ने आलाम नारायणगढमा ग्रिल व्यवसाय गरेर बस्ने गरेको बुझिएको छ। व्यवसायकै शिलशिलामा उनी चितवन जाँदै गर्दा दूर्घटना भएको हो। ट्रकसहित चालक सिन्धुपाल्चोक घर भएका खड्गबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.