|
Representative Photo

काठमाडौं : सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार संघ, प्रदेश र स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीलाई आफैँले खटाउने भएको छ।

समायोजनका लागि अनलाइन फाराम नभरेका कर्मचारीलाई सरकारले आवश्यकताका आधारमा समायोजन गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन शाखाका प्रमुख केदारप्रसाद पनेरुले जानकारी दिए।

मन्त्रालयले यही पुस ११ गते सूचना प्रकाशित गरेर तीनै तहमा समायोजनमा जानका लागि आह्वान गरेको थियो।

पनेरुका अनुसार अहिलेसम्म करीब ७० हजार ५६० जनाले समायोजन रोजिसकेका छन्। तीमध्ये ४५ हजार ६८० संघ, ७५ हजार ६६६ प्रदेश र तीन लाख ३७ हजार ४८५ ले स्थानीय तहमा समायोजन रोजेका छन्।

पनेरुले समायोजनका लागि ७८ हजार १५३ जनाले फाराम भरेका छन् र सात हजार ५९२ जनाले फाराम भरे पनि कुन तहमा जाने भनेर रोज्न बाँकी रहेको छ। सरकारले संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ।

सहसचिवसमेत रहेका पनेरुले आवदेनका आधारमा पहिलो चरणमा विशिष्ट श्रेणीका कर्मचारीलाई समायोजन गरिने बताए।

बुधबार राती १२ बजेसम्म समायोजनको समय रहेको उल्लेख गर्लै उनले भोलिदेखि आवेदनका आधारमा विवरण संकलन गरेर खटाइने कर्मचारीको तालिका बनाइने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.