|

काठमाडौं : सरकारले सचिव तथा वरिष्ठ सहसचिवको समायोजन संघमा नै गर्नेगरी प्रक्रिया थालेको छ। सरकारले प्रशासन सेवाका सबै सहसचिवको समायोजन पनि संघमा नै हुनेगरी प्रक्रिया थालेको खबर राजधानी दैनिकले छापेको छ।

प्रशासनबाहेक प्राविधिक सहसचिवको समायोजन भने प्रदेश तथा स्थानीय तहमा गर्नेगरी गृहकार्य अघि बढाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। समायोजनपछि ती सचिवलाई आवश्यकताअनुसार प्रदेश र स्थानीय तहको काठमाडौं महानगरमा पठाइनेछ। सरकारले कर्मचारी समायोजनका लागि दिएको समय मंगलबार सकिएको छ।

यसअघि पुस ११ मा सूचना जारी गर्दै सरकारले २१ दिनको समय दिएर समायोजन फाराम भर्न कर्मचारीलाई आग्रह गरेको थियो सोहीअनुसार ७१ हजार कर्मचारीले समायोजनका लागि फाराम भरेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सरेश अधिकारीले फाराम भरेका  कर्मचारीका ‘डाटा भेरिफिकेसन’ कार्य थालिएको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.