|

काठमाडौं : सरकारले सार्वजनिक गरेको पछिल्लो मर्यादाक्रममा जनप्रतिनिधि हाबी भएका छन्। कर्मचारीमा पनि मर्यादाक्रम थपघट गरिएको छ। तेस्रो नम्बरसम्म (राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री) पुरानै मर्यादाक्रमलाई निरन्तरता दिइएको छ। चौथो नम्बरबाट भने परिवर्तन गरिएको छ।

प्रधानन्यायाधीशसँगै सभामुख र अध्यक्ष

सरकारले पाँचौँ मर्यादाक्रममा रहेका प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई चौथोमा ल्याएको छ। यसअघि चौथोमा प्रधानन्यायाधीश रहँदै आएकोमा अब सभामुख र अध्यक्षलाई पनि समेटिएको छ। 

मुख्यसचिवभन्दा प्रदेश सभामुख अगाडि

प्रदेश सभामुखलाई आठौँ नम्बरमा राखिएको छ भने मुख्यसचिवलाई नवौँ नम्बरमै यथावत् राखिएको छ। यसअघि प्रदेश सभामुख १०औँ र मुख्यसचिव नवौँ वरीयतामा थिए। प्रदेश उपसभामुखलाई नवौँ वरीयतामा राखिएको छ। प्रदेशका मुख्यसचिव १२औँ वरीयतामा छन्। यसअघि ११औँ वरीयतामा थिए। प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसद र प्रदेशका मन्त्रीलाई १०औँ वरीयतामा राखिएको छ। 

स्थानीय तहका प्रमुख अगाडि सरे

नगरपालिकाको मेयरलाई १४औँ वरीयतामा राखिएको छ। यसअघि २०औँ नम्बरमा राखिएको थियो। त्यस्तै, गाउँपालिका अध्यक्ष यसअघि २१औँ रहेकामा नयाँ मर्यादाक्रममा १५औँ नम्बरमा ल्याइएको छ।
 
सचिवलाई पछाडि धकेल्दै अघि बढे जनप्रतिनिधि 

२६ माघ ०७४ मा सरकारले सार्वजनिक गरेको मर्यादाक्रममा संघीयता सरकारका सचिवलाई ११ औं वरीयतामा राखिएको थियो। सो मर्यादाक्रममा सचिवभन्दा पछाडि प्रदेश सरकारका उपसभामुख, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेश सभाका विभिन्न समितिका सभापति, प्रदेश सभा सदस्य, प्रदेश सरकारका सहायकमन्त्री, महानगरपालिकाका मेयरलाई राखिएको थियो।

नयाँ मर्यादाक्रममा भने यी सबै जनप्रतिनिधिलाई सचिवभन्दा अगाडि ल्याइएको छ। हाल सचिवलाई १२औैँ वरीयतामा राखिएको छ। संघीय सरकारका सचिवसरह उपमहानगरपालिकाका मेयर, प्रदेश सरकारका मुख्यसचिवलगायतलाई राखिएको नयाँपत्रिकामा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.