|

नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेट पाँचौ खेलमा कसिलो बलिङ गर्दै विकेट लिएका छन्।

सिलेट सिक्सर्सबाट बीपीएल खेलिरहेका सन्दीपले रंगपुर राइडर्सविरुद्ध किफायती बन्दै १ विकेट लिए। सन्दीपले आफ्नो अन्तिम तथा चौथो ओभरमा विकेट लिएका थिए। उनले चौथो ओभरको पाँचौ बलमा बेनी होएललाई बोल्ड गर्दे विकेटविहिन अबस्था अन्त गरे। सन्दिपले निर्धारित ४ ओभरमा १८ रन खचिएका थिए। विपिएलमा सन्दिप डेब्यु खेलमा विकेट लिएपछि सन्दीप त्यसपछि लगातार दुई खेलमा विकेटविहिन बनेका थिए। 

सन्दीपले राइडर्सविरुद्ध ४ ओभर बलिङ गर्दै १८ रन खर्चिएर १ विकेट लिन सफल भए । सन्दीपले पहिलो, दोस्रो र तेस्रो ओभरमा भने विकेट लिन सकेनन्। सन्दीपले पहिलो ओभरमा ६ तथा दोस्रोमा ५ रन खर्चिए। तेस्रो ओभरमा ४ रन खर्चिए। सिलेटमा सन्दीपको टिम सिक्सर्सले दिएको १८८ रनको लक्ष्यसहित राइडर्स जवाफी ब्याटिङमा उत्रिएपनि १ सय ६० रनमात्र जोड्न सक्यो। सिलेटले २७ रनले विजयी रह्यो।

सिक्सर्सका लागि कप्तान डेभिड वार्नर र लिटोन दासले अर्धशतकीय इनिङस खेले। वार्नरले अविजित ६१ रन जोड्दा दासले ७० रन जोडे। राइडर्सका साफुल इस्लामले ३ विकेट लिए। लिगमा तीन खेल गुमाईसकेको सिक्सर्सलाई प्ले अफमा पुग्ने सम्भावना जीवित राख्न राइडर्सविरुद्धको खेल जित्नै पर्ने दबाबमा रहेको थियो। जितपछि सिलेट पुछारबाट एक स्थान सुधार गर्न सफल भयो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.